१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सुदूरपश्चिमका तीन मन्त्रीलाई एमालेको स्पष्टीकरण



नेकपा एमाले सुदूरपश्चिम कमिटीले माओवादी नेतृत्वको सरकारमा सहभागी प्रदेशका तीन मन्त्रीलाई कारवाही प्रक्रिया थालेको छ ।

बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्ण सुवेदी र उद्योग वन तथा वातावरण मन्त्री माया भट्टलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।

सरकारबाट फिर्ता हुने पार्टी निर्देशन अवज्ञा गरेको, मन्त्रालयलाई पार्टीविरोधी अखडा बनाएको भन्दै उनीहरूसँग जवाफ मागिएको छ ।


प्रतिक्रिया दिनुहोस !