१६ जेष्ठ २०८०, मंगलवार
 |   Tue May 30 2023
Logo

चीनले दिने १० लाख डोज खोप लिन सोमबार निगमको जहाज जाने



चीन सरकारले अनुदानमा दिन लागेको १० लाख डोज खोप लिन सोमबार नेपाल वायुसेवा निगमको जहाज त्यसतर्फ जाने भएको छ ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच  भएको टेलिफोन वार्तामा राष्ट्रपति सीले उक्त परिमाणमा खोप प्रदान गर्ने घोषणा गरेका थिए ।

चीनले दिन लागेको सो खोप लिनका लागि निगमको वाइडबडी जहाज पठाउन लागिएको महाप्रवन्धक डिमप्रकाश पौडेलले जानकारी दिए । यस अघि पनि चीनले ८ लाख डोज खोप दिएको थियो ।


प्रतिक्रिया दिनुहोस !