Thursday, January 23, 2025

ट्रेन्डिङ :

आर्थिक वृद्धिमा भूकम्पभन्दा बढी कोरोनाको प्रभाव (आर्थिक सर्वेक्षणको पूर्णपाठ)

spot_img
spot_img
spot_img

काठमाडौं । सरकारले अर्थतन्त्र सुधारोन्मुख दिशामा रहेका बेला कोभिड- १९ को दोस्रो लहरले फेरि प्रभावित बनाएको बताएको छ । अर्थमन्त्री विष्णु पौडेलले २०७७/७८ को आर्थिक सर्भेक्षण प्रतिवेदन प्रस्तुत गर्दै भूकम्पले भन्दा ठूलो आर्थिक क्षेत्र कोभिड -१९ले पुर्याएको बताए । उनले भने, ‘आर्थिक वर्ष २०७१।२०७२ मा कोभिड -१९ महामारीबाट नेपालको अर्थतन्त्र प्रभावित हुन गई आर्थिक वृद्धिदर पछिल्लो दुई दशकमै पहिलोपटक २.१२ प्रतिशतले ऋणात्मक रहेको छ जुन आर्थिक वर्ष २०७१ र ७२ मा गएको विनाशकारी भूकम्पबाट सिर्जित आर्थिक क्षति भन्दा उच्च हो।’

अर्थमन्त्री पौडेलका अनुसार स्वास्थ्य संकटको अवस्थामा क्रमशः सुधार आउने अपेक्षा सहित चालु आर्थिक वर्षमा ४.०१ प्रतिशतको वृद्धिदर अपेक्षा गरिएकोमा तेस्रो चौमासिकबाट कोभिडको दोस्रो लहरले यो वृद्धिदर हासिल गर्ने कार्य चुनौतिपूर्ण छ ।’ कोभिड९१९ महामारीको कारण आर्थिक वर्ष २०७६र७७ मा कर्णाली र सुदूपश्चिम प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर ऋणात्मक रहेकोमा चालु आर्थिक वर्ष २०७७र७८ मा सबै प्रदेशको आर्थिक वृद्धिदर ३.५ प्रतिशत भन्दा उच्च रहने अनुमान रहेको उनले बताए ।

यस अवधिमा तुलनात्मकरुपमा आर्थिक वृद्धिदर सबैभन्दा बढी वागमती प्रदेशको ४.६५ प्रतिशत र सबैभन्दा कम प्रदेश नं २ को ३.५२ प्रतिशत रहने अनुमान छ। यद्यपि पछिल्लो समयमा कोभिड-१९ को दोस्रो लहर तीब्ररुपमा फैलिइरहेको हुँदा चालु आर्थिक वर्षका लागि अनुमानित प्रदेशगत आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चुनौतीपूर्ण बन्दै गएको आर्थिक सर्भेक्षणमा उल्लेख छ ।

कोभिड महामारीका कारण आर्थिक गतिविधिमा संकुचन आएको भएतापनि चालु आर्थिक २०७७र७८ वर्षका प्रमुख आर्थिक परिसूचकहरु संतोषजनक रहेको प्रतिवेदनमा बताइएको छ । चालु आर्थिक वर्षको अनुमानित राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन उत्पादकको मूल्यमा ४२ खर्ब ६६ अर्ब ३२ करोड रहने प्रारम्भिक अनुमान रहेको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?