१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

सवा १० खर्ब राजस्व उठाउने लक्ष्य



काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०७८/७९मा सवा १० खर्ब राजस्व परिचालन गर्ने र साढे ५ खर्ब सार्वजनिक ऋण उठाउने भएको छ । अअर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटका लागि राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड रुपैयाँ बेहोर्ने लक्ष्य राखेका हुन् । बजेटका लागि आगामी आर्थिक वर्षमा ५ खर्ब ५९ अर्ब ऋण लिने उनले लक्ष्य राखेका छन् । अर्थमन्त्रीले २ खर्ब ५० आन्तरिक ऋण र ३ खर्ब ९ अर्ब बाह्य ऋण परिचालन गरिने लक्ष्य राखेका छन् । त्यस्तै, वैदेशक अनुदान ६३ अर्ब ३७ करोड परिचालन गरिने सरकारी लक्ष्य छ ।


प्रतिक्रिया दिनुहोस !