६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

देउवा निवासमा विपक्षी गठबन्धनका शीर्ष नेताहरुबीच छलफल



काठमाडौँ- विपक्षी गठबन्धनका शीर्ष नेताहरू आइतबार छलफलमा जुटिरहेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान साढे ९ बजेदेखि छलफल चलिरहेको एक नेताले जानकारी दिए । संसद् विघटनविरुद्ध राजनीतिक साथै कानुनी लडाइँ लड्ने निर्णय गरेका विपक्षी दलका नेताहरूबीच सरकारले ल्याएको बजेट र थप रणनीति तय गर्ने विषयमा छलफल भइरहेको ती नेताले बताए ।

छलफलमा कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, महामन्त्री पूर्णबहादुर खड्कालगायत छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, स्थायी कमिटी सदस्य कृष्णबहादुर महरा, देव गुरुङ छन् । त्यसै गरी नेताहरू माधव नेपाल र भीम रावल पनि सहभागी रहेको ती नेताले जानकारी दिए । त्यस्तै जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलगायत नेता सहभागी छन् ।


प्रतिक्रिया दिनुहोस !