
काठमाडौं । विपक्षी गठबन्धनले सरकार अलोकतान्त्रिक र असंवैधानिक काम गरिरहेको आरोप लगाउँदै त्यस्ता काममा संलग्न नहुन सरकारका सबै अंग र निकायहरुलाई आग्रह गरेका छन् ।
आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकले सो आग्रह गरेको हो ।