
एजेन्सी। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको खोप बेचेर ‘बिग फर्मा’का नौ जना व्यापारीहरू खर्बपति बनेको खुलासा भएको छ। कोभिड खोपमा एकाधिकार भएका औषधि निगमहरूले अत्यधिक नाफा कमाइ रहेकोमा धन्यवाद, द पिपल्स भ्याकेन अलायन्सले जी २० नेताहरूको ग्लोबल हेल्थ समिट अगाडि खुलासा गर्दै उक्त तथ्य फेला पारेको जनाएको छ। हालै सार्वजनिक भएको एक रिपोर्टका अनुसार कोभिड १९ को महामारीको बेला अर्वपति ‘भ्याक्सिन बिलिनियर’हरुले अहिले सम्म १९.३ अर्ब डलर (२० खर्ब बढी ) सम्पत्ति कमाइसकेका छन्। स्वास्थ्य र मानवीय क्षेत्रसँग सम्बन्धित संस्था, अभियन्ता र अर्थशास्त्रीहरुले उल्लेखित नौ जना बाहेक अरू आठ जना अर्वपतिले समेत कोरोना विरुद्धको खोपको निर्माणको माध्यमबाट ३२.२ अर्व सम्पत्ति यसबिचमा थपेको बताइएको छ।
खोप अर्वपतिहरुको सूची यसप्रकार छ
स्टेफन वानसेल मोर्डनाका प्रमुख कार्यकारी अधिकृत हुन् । जो सो सूचिको पहिलो नम्बरमा छन् । जसले ४(३ अर्ब डलर आर्जन गरेका छन्। दोस्रो नम्बरमा बायोन्टेकका संस्थापक तथा सिइओ उगन साहिन रहेका छन् जसको सम्पत्ति ४ अर्व डलर छ। यस्तै, तेस्रो नम्बरमा मोर्डनाका लगानीकर्ता तिमोथी स्प्रिङ्गरको २.२ अर्व डलर सम्पत्ति रहेको छ भने चौथो नम्बरमा रहेका मोर्डना कै अध्यक्ष नौवर अफीयनले १.९ अर्व डलर जोडेका छन्।
यसैगरी, पाँचौँ नम्बरमा रहेका स्पेनका औषधी निर्माता जोन लोपेजले मोर्डनालाई खोपको कच्चा पदार्थ बेचेर नै १.८ अर्व डलर कमाए भने मोर्डना कै अर्का लगानीकर्ता तथा वैज्ञानिक रोबर्ट ह्याङ्गर १.६ अर्बका साथ छैटौँ नम्बरमा छन्। सातौँ, आठौँ र नवौँ नम्बरमा चिनियाँ खोप उत्पादक कम्पनी केनसाइनो बायोलोजीका झू ताओ, क्युई डोंगजू र माओ बिहाऊ रहेका छन्। सो कम्पनीको संस्थापक रहेका उनीहरूको सम्पत्ति क्रमशः १.३ अर्व डलर, १.२ अर्व डलर र १ अर्व डलर रहेको छ।