१८ जेष्ठ २०८०, बिहीबार
 |   Thu Jun 1 2023
Logo

जसपा फुटाउन राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको तयारी



काठमाडौं : जनता समाजवादी पार्टी विभाजन गर्न सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको छ । सरकारमा जान सहमत भएको जनता समाजवादी पार्टी, नेपाल फुटाउन अध्यादेश ल्याउन सरकारले तयारी गरेको हो । मंगलबार प्रधानमन्त्री ओलीसँगको भेटमा जसपा अध्यक्ष महन्थ ठाकुरले पार्टी नफुटाइ सरकारमा सहभागी हुन नसक्ने भएकाले पार्टी फुटाउन सहयोग गर्न आग्रह गरेपछि सरकारले राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेशको तयारी गरेको बालुवाटार स्रोतको भनाइ छ ।

राजनीतिक दल सम्बन्धी ऐनअनुसार पार्टी विभाजन हुँदा आधिकारिकता पाउन केन्द्रीय समितिमा ४० प्रतिशत पुग्नुपर्ने व्यवस्था छ । त्यसैले उक्त व्यवस्था संशोधन गर्न ठाकुरले ओलीसँग सहयोग मागेको बताईएको छ । सरकारमा सहभागी हुने तयारी गरिरहेको बेला उपेन्द्र यादव समूहको बहुमत कार्यकारिणी समितिले सरकारमा सहभागी हुने नेता कार्यकर्ताको सदस्यता स्वतः रद्द हुने निर्णय गरेको छ । यसले पनि सरकारमा जान ठाकुरलाई थप अप्ठ्यारो परेको छ । ओलीसँग भएको छलफलमा ८ मन्त्री र केही राज्यमन्त्री पाउने गरि जसपा सरकारमा सहभागी हुन सहमत भएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिईसकेका छन् । सरकारले राजनीतिक दल विभाजनको प्रावधान खुकुलो बनाउने गरी यसअघि नै राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याए पनि चौतर्फी विरोध भएपछि फिर्ता भएको थियो ।

 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय