१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

उज्जवल थापाको निधनको हल्लापछि अस्पतालले भन्यो-भ्रमको पछि नलागौँ



काठमाडौं : विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्जवल थापालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। मेडिसिटी अस्पतालमा इक्मो प्रविधिबाट उपचार भइरहेको भएपनि स्वास्थ्यमा सुधार आउन नसकेको डाक्टर विश्व दवाडीले बताए। यस्तै उनले थापाको स्वास्थ्यको बारेमा आएका भ्रमको पछि नलाग्न पनि आग्रह गरेका छन्। कोरोना भाइरसको संक्रमण भएपछि उनलाई ह्याम्स अस्पताल हुँदै ग्राण्डी अस्पताल रिफर गरिएको थियो। ग्राण्डीबाट इक्मो प्रविधिमार्फत् थापाको उपचारका लागि मेडिसिटीमा लगिएको थियो। पीसीआर रिपोर्ट नेगेटिभ आएपनि उनको स्वास्थ्य अवस्थामा सुधार आउन सकेको छैन।


प्रतिक्रिया दिनुहोस !