१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

अमेरिकाले रित्तो हात फर्काएको भारतलाई रुसले पठायो ३० लाख कोरोना खोप



एजेन्सी : कोरोना महामारीले थलिएको भारतलाई रुसले ३० लाख कोरोना खोप स्पतुनिक भी पठाएको छ । आज रुसबाट ३० लाख डोज कोरोना खोप आई पुगेको द प्रिन्टले जनाएको छ । कोरोना खोप अनुदान तथा खरिदको पहल गर्न अमेरिका पुगेको भारतलाई अमेरिकाले रित्तो हात फर्काएको केही दिनपछि रुसले तीस लाख डोज स्पतुनिक भी पठाएको हो । जीएमआर हैदराबाद एयर कार्गोले विज्ञप्ति जारी गरेर खोप बोकेर रसियाबाट विशेष चार्टर्ड फ्रेटर आरयू हैदरावादको राजीव गान्धी अन्र्तराष्टिय विमानस्थल आइपुगेको जानकारी दिएको हो । स्पुतनिक भी खोपलाई विशेष ह्यान्डलिंग र भण्डारण आवश्यक पर्दछ, जुन माईनस २० डिग्री सेल्सियसको तापक्रम आवश्यक हुन्छ । रुसी सरकारको लगानी रहेको दुई करोड ५० लाख कोरोना खोप भारतीय रेड्डी ल्याबरोटरीले खरिद गर्ने द प्रिन्टले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !