७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

शुक्र ग्रहमा नासाले दुईवटा अन्तरिक्ष मिसन संचालन गर्ने



काठमाडौं । सौर्यमण्डलको सबैभन्दा तातो ग्रह भनिने शुक्र ग्रहमा अमेरिकी अन्तरिक्ष संस्था नासाले दुईवटा मिसन सञ्चालन गर्ने घोषणा गरेको छ । सन् २०२८ र २०३० को बीचमा ती मिसन सञ्चालन गर्ने नासाको योजना छ ।

पहिलो मिसनको नाम ‘डाभिन्सी प्लस’ र दोस्रो मिसनलाई ‘भेरिटास’ नाम दिइएको छ । यी दुवै मिसनका लागि ५०/५० करोड डलर बजेट छुट्याइएको नासाले जनाएको छ ।

पृथ्वीको नजिकको ग्रह किन यति तातो छ भन्ने कुरा पत्ता लगाउन अन्तरिक्ष मिसन सञ्चालन गर्न लागिएको नासाका प्रशासक बिल नेल्सनले बताएका छन् । ‘यी मिसनमार्फत् शुक्र ग्रह सिसासमेत पग्लिने तातो कसरी भयो भनेर जान्न खोजिने छ,’ नेल्सनले भनेका छन् ।

शुक्र ग्रहको सतहको तापक्रम ५ सय डिग्री सेल्सियस रहेको वैज्ञानिकहरू बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !