१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

तलब वृद्धि हाँसी-मजाक जस्तै भयो : भुवनेश्वर चौधरी



मधेशी निजामती कर्मचारी मञ्चका अध्यक्ष भवनेश्वर चौधरीले सरकारले ल्याएको बजेट कनिका छरेको शैलीमा आएको टिप्पणी गरेका छन् । यो बजेट सबै समूहलाई खुसी पार्ने शैलीमा ल्याइएकोभए पनि कर्मचारीहरु भने सन्तृष्ट नरहेको अध्यक्ष चौधरी बताउँछन् । उनी भन्छन्, सरकारले तलबमार्फत सरकारी कर्मचारीहरुको तलब दुई हजार बढायो । यो आजसम्मकै कम तलब वृद्धि हो । यो आर्थिक बर्षमा २ हजार तलब वृद्धि गरिएको बाहनामा अब दुई बर्ष कर्मचारीको तलब वृद्धि नहुने हो भने सबैभन्दा मारमा राष्ट्रसेवक कर्मचारीहरु पर्ने चौधरीको तर्क छ ।

यो बर्ष तलब बढाएकाले अर्को बर्ष तलब नबढ्ने संभावना बढी बताउँछन् । तलब त अर्को वर्ष बढाउँदा पनि हुन्थ्यो । अर्को वर्षको बजेट आउँदा सरकारले गत वर्ष कर्मचारीको तलब बढाएकै हो, वर्षेपिच्छे कसरी बढाउने भन्न सक्छ । त्यसले गर्दा हामी कर्मचारी मारमा परेका छौँ अध्यक्ष भुवनेश्व चौधरीको तर्क छ । त्यस्तै सरकारले कर्मचारीको तलब बढ्यो भनेर घोषणा त ग¥यो तर अन्य सेवा सुविधाहरूबारे केही बोलेको छैन । बरु यसलाई महँगी भत्ताको रूपमा थप गरेको भए राम्रो हुन्थ्यो । कर्मचारी निरीह हुन्छ, जे गरे पनि हुने भन्ने सोच देखिएको छ चौधरीले भने ।

यो बजेटले कर्मचारीको मनोबल घटाएको छ । मध्यावधि चुनाव केन्द्रित बजेट ल्याएको सरकारले कर्मचारीको तलब दुई हजार रूपैयाँले बढाएर जस लिन खोजेको छ । यद्यपि कर्मचारी यसमा सन्तुष्ट हुन सकेनन्  । निजामती कर्मचारी सेवा ऐन, २०४९ दफा २७ ९१ख० मा ‘तलब भत्ता पुनरावलोकन समितिले तीन वर्षमा राजस्व वृद्धिदर, कुल दरबन्दी संख्या र विगत तीन वर्षमा मूल्यसूचीको आधारमा प्रदान गरिएको महँगी भत्तासमेतलाई आधार बनाई तलब भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्ने’ व्यवस्था भए पनि सरकारले जस लिन दुई वर्षमै तलब वृद्धि गरेको हो । अध्ययनबिनै सरकारले तलब बढाएको छ भने महँगीअनुसार तलब वृद्धि न्यून भएको छ । तलब वृद्धि हाँसी–मजाकजस्तो भयो । यसले कर्मचारीलाई तलब वृद्धिको महसुस पनि हुँदैन, बरु यही बहानामा महँगी बढ्छ । बढेको तलबले महँगीलाई मिट गर्दैन । सरकारले परिस्थितिको आँकलन गरेन । तलब वृद्धिको सिद्दान्त मिलेन । ऐन कानुनअनुसार बढाउनुपर्ने हुन्छ । नेपाल राष्ट्र बैंकको हेर्ने हो एउटा छ, निजामती सेवामा अर्को खालको छ । कामको प्रकृतिको आधारमा अहिले स्वास्थ्यकर्मीहरू कोभिडको जोखिमपूर्ण अवस्थामा २४ सै घन्टा खटिरहनुभएका छन् । उहाँहरूको पनि सुविधा त्यहीँअनुसारको हुनुपर्छ भनेर हामीले माग गरेका छौँ ।

निजामती कर्मचारीहरुले उठाउँदै आएको दश लाखको दूर्घटना बीमा,पर्यटन भ्रमणका भत्ता सहित दश दिन काज बिदा दिने निर्णय भने स्वागत योग्य छन् । यसलाई सकरात्मक रुपमा लिएका छौं । तलब लगायतका बिषयले कर्मचारीलाई झुक्काएको छ । बरु दुई हजार रूपैयाँ तलब वृद्धि नगरेर अन्य सुविधाहरू महँगी र प्रोत्साहन भत्ता दिएको भए राम्रो हुन्थ्यो चौधरीले भने ।


प्रतिक्रिया दिनुहोस !