Sunday, May 18, 2025

ट्रेन्डिङ :

रेल संचालनको तयारी सकियो, निषेधाज्ञा खुलेपछि चल्छ : मन्त्री नेम्वाङ

spot_img
spot_img

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङले निषेधाज्ञा खुलेपछि जयनगर-जनकपुर खण्डमा रेल संचालनमा ल्याउने बताएका छन्।

मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री नेम्वाङले रेल संचालनका लागि सबै तयारी पूरा गरिसकेको दाबी गरे। उनले भने, ‘व्यवस्थापनदेखि रेलवे अध्यादेश समेत ल्याइसकेका छौं। नीतिगतदेखि गर्नुपर्ने सबै तयारी भइसकेको छ। निषेधाज्ञाका कारण संचालन गर्न पाइएन,’ उनले भने ।

गत असोजमा नेपाल भित्र्याइएको रेल अझै त्रिपाल ओडाएर राखिएको छ। तयारी नै नगरी रेल खरिद गरेर ल्याइएका कारण विगत नौ महिनायतादेखि त्रिपाल ओडाएर राख्नु परेको हो। अहिले भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेशन लिमिटेलाई करिब एक वर्षका लागि करिब ३५ करोड रुपैयाँमा रेल चलाउने जिम्मा दिइएको छ।

कम्पनीले २६ जना मुख्य प्राविधिक ल्याएर एक वर्षसम्म संचालन गर्नेछ।

सोहीअनुरुप भारतीयहरु आएर रेल संचालनका लागि तालिम सुरु नै गरेका थिए। तालिम सुरु गरेको १० दिनपछि नै निषेधाज्ञा लागू भएपछि उनीहरु फर्किएका छन्।

उनीहरु पुनः आएर थप २० दिन तालिम दिएपछि रेल संचालन गर्न सकिने मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठको भनाइ छ। हाल नेपाली इन्जिनियर सहितका कर्मचारीहरुलाई रेल संचालनका लागि तालिम दिन लागिएको हो।

त्यसैगरी, मन्त्री नेम्वाङले जनकपुरसम्म आइपुगेको रेलमार्गलाई बर्दिवाससम्म विस्तार गर्न लागिएको बताए। पूर्व-पश्चिम विद्युतीय रेलमार्गको इनरुवा-काँकडभिट्टा (१०६ किमी) को मुआब्जा वितरण गर्न लागिएको उनको भनाइ छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?