१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा यथाशीघ्र पठाउन परिपत्र



काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा यथाशीघ्र पठाउन परिपत्र गरेको छ । मन्त्रालयले दोस्रो पटक गरेको परिपत्रअनुशार अन्तिम नतिजा सार्वजनिक गर्न बाँकी रहेका स्थानीय तहलाई कोभिड–१९ को नियन्त्रणका लागि अपनाउनु पर्ने स्वास्थ्य मापदण्ड पालना गरी सीमित कर्मचारीको उपस्थितिमा विद्युतीय माध्यमबाट बैठक गरी मन्त्रालयको सफ्टवेयरमा प्रविष्टि गर्ने व्यवस्था मिलाउन परिपत्र गरेको हो ।


प्रतिक्रिया दिनुहोस !