१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

जसपा- ठाकुर पक्षबाट सरकारमा सहभागी हुनेहरुको नामावली (सूचीसहित)



काठमाडौं । जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्षले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ । तर मन्त्रालयको विषयमा भने कुरा मिल्न बाँकी रहेको छ ।

मन्त्रालयको विषयमा टुंगो लगाउन जसपा अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल जारी छ । राजेन्द्र महतोको नेतृत्वमा शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, एकवाल मियाँ र रेनुका गुरुङ सरकारमा सहभागी हुन लागेको जसपाका एक कार्यकारिणी समिति सदस्यले बताए ।

स्रोतका अनुसार यसमध्ये आठजना मन्त्री दुईजना राज्यमन्त्री हुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजेन्द्र महतो, जलस्रोत तथा सिँचाई मन्त्रालयमा शरतसिंह भण्डारी, शहरी विकास मन्त्रालयमा अनिलकुमार झा, खानेपानी मन्त्रालयमा विमल श्रीवास्तव र युवा तथा खेलकुद मन्त्रालयमा उमाशंकर अरगरिया जाने लगभग तय स्रोतको भनाई छ । राजकिशोर यादव र लक्ष्मणलाल कर्णको मन्त्रालय टुङ्गो लाग्न बाँकी रहेको छ ।

आफूले माग गरेअनुसार गृहमन्त्रालय नदिने भएपछि ठाकुर पक्षले भौतिक मन्त्रालय र उद्योग मन्त्रालय माग गरिरहेको स्रोतले बतायो । तर हालसम्म यस विषयमा कुरा मिलेको छैन ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय