
काठमाडौँ । सरकारले जर्मनीको बोनस्थित नेपाली दूतावासको घरजग्गा बिक्री गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।
परराष्ट्र मन्त्रालयको सिफारिसमा राजदूत नियुक्ति सम्बन्धी कार्यविधि संशोधन गर्ने निर्णय समेत बैठकले गरेको छ ।