१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

छुटमा सामान किन्नेहरुको भिड



काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसनको बिक्री केन्द्रमा २० प्रतिशत छुटको ग्यास र खाद्यान्न किन्नका लागि शुक्रबार बिहानैदेखि उपभोक्ताको भीड लागेको छ । सरकारले अनुदान दिने सर्तमा साल्ट ट्रेडिङले प्रतिसिलिन्डर (एसटीसी) ग्यासमा २८० रुपियाँ छुट, चिनी प्रतिकेजी ६३ रुपियाँ, दुई केजी पिठो, नुन र भटमासको तेल प्रतिलिटरमा २० प्रतिशत छुट दिएपछि शुक्रबार बिहानैदेखि काठमाडौँ उपत्यकामा रहेका बिक्री केन्द्रमा उपभोक्ताको भीड लागेको हो ।

साल्ट ट्रेडिङ उपमहानिर्देशक कुमार राजभण्डारीले छुटको सामान किन्न आउने उपभोक्ताको भीडले गर्दा सुरक्षाकर्मी नै परिचालन गर्नुपरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “छुटको सामान किन्नलाई बिहानैदेखि लाइन छ, त्यसको व्यवस्थापनका लागि समस्या भएको छ । भक्तपुरले भीड थेग्न नसकेर बन्दसमेत गरेको छ । ”

उपभोक्ता छुटको सामान किन्नलाई कोरोनाको कुनै प्रवाह नै गरी चर्को गर्मीमा समेत दिनभर लाइन बसेका उहाँको भनाइ छ । उपमहानिर्देशक राजभण्डारीले बिहान कालीमाटीको बिक्री केन्द्रमा सामान किन्नेको लाइन सोल्टीमोडसम्म पुगेको र कोरोनाको जोखिममा भीड नियन्त्रण गर्न समस्या भएको बताउनुभयो ।

साल्ट टे«डिङका अनुसार उपत्यकाका कालीमाटी, सतुङ्गल, जडीबुटी, भक्तपुर, जाउलाखेल गरी पाँचवटा बिक्री केन्द्रमार्फत छुटको सामान बिक्री हँुदै आएको छ । छुटको सामान किन्न सबै बिक्री केन्द्रमा उत्तिकै भीड लागेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले खाद्यमा छुटको सामान किन्न शुक्रबार बिहानैदेखि भीड लागेको बताउनुभयो । उहाँका अनुसार खाद्य कम्पनीले उपत्यकाको थापाथली, पाटन र भक्तपुर गरी तीन ठाउँबाट २० प्रतिशत छुृटमा विभिन्न पाँच प्रकारका चामल र कर्णालीको सिमी बिक्री गर्दै आएको छ । थापाथलीमा बिहानदेखि दिउँसो ५ः०० बजेसम्म खुला हुन्छ भने अन्य दुई ठाउँमा बिहान ७ः०० देखि ९ः०० बजेसम्म खुला गर्दै आएको छ ।

सरकारले गएको १५ गते आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत घोषणा गरेको खाद्यान्न तथा ग्यासमा हुने छुट शुक्रबार लागू भएको हो । कोभिडका कारण गरिएको निषधाज्ञा अवधिभर हुने छुटको उपयोग गर्न सरकारी संस्थानले सूचना जारी गरेका छन् ।

छुटको खाद्यान्न लिन उपभोक्ताले सङ्क्रमण भुलेर भीडभाड गरेपछि भीडको व्यवस्थापनका लागि प्रहरी नै परिचालन गर्नुपरेको छ । दूरी कायम गरेर ग्यास र खाद्यान्न खरिद गर्न प्रहरीले उपभोक्तालाई आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस !