१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

मन्त्री भएको बेला ज्ञवालीले पार्टीलाई ९ लाख बढी लेभी बुझाए



काठमाडौं । पदमुक्त भएलगत्तै निवर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो आम्दानी खर्चको जानकारी दिएका छन् । सामाजिक सञ्जालमा ज्ञवालीले सार्वजनिक गरेको विवरणअनुसार मन्त्रीबाट हट्दा उनको खातामा सात लाखभन्दा बढी बचत रहेको छ । उनले लेखेका छन्, ‘हाल मेरो खातामा ७,४१,७७५.६० बचत रहेको र केही घरायशी सामान एवं दुई सयजति पुस्तक थपिनुबाहेक मन्त्री बनेलगत्तै सार्वजनिक मेरो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी गराउँछु ।’

मन्त्री बनेको अविधिमा आफूले ९ लाखभन्दा बढी लेभी पार्टीलाई बुझाएको ज्ञवालीले बताएका छन् । ‘यस अवधिमा मेरो तर्फबाट विदेश भ्रमणवापतको लेभी ३ लाख १४ हजार ९३० र पारिश्रमिक वापतको ६ लाख २० हजार गरी जम्मा ९ लाख ३४ हजार ९ सय ३० रुपैयाँ पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीवापत ३ लाख ७२ हजार ४ सय ९२ रुपैयाँ १३ पैसा सरकारी कोषमा दाखिला भएको छ,’ ज्ञवालीले लेखेका छन् । आफूले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप हिजै मन्त्रालयलाई फिर्ता गरेको र पुल्चोकस्थित सरकारी निवास शनिबार छाड्ने उनले बताएका छन् । मन्त्री पदमा रहँदा आफूलाई सहयोग गर्ने कर्मचारीहरुलाई उनले धन्यवाद दिएका छन् । ज्ञवाली ३० फागुन २०७४ मा परराष्ट्रमन्त्री नियुक्त भएका थिए ।

 


प्रतिक्रिया दिनुहोस !