Sunday, March 16, 2025

ट्रेन्डिङ :

उपमेयरमा लज्जास्पद हार बेहोरेकी रेणुका गुरुङलाई ओलीले बनाए मन्त्री

spot_img
spot_img

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं,टोखा नगरपालिकाबाट ०७४ सालमा भएको स्थानीय निर्वाचनमा जम्मा ९९ मत मात्र पाएकी रेणुका गुरुङलाई राज्यमन्त्रीमा नियुक्त गरेका छन् । ४ बर्ष अघि भएको स्थानीय तहको निर्वाचनजमा रेणुका गुरुङले लज्जाजनक हार बेहोरेको थिइन् । उनको प्रतिष्प्रर्धी ज्ञानुमाया डंगोलले भने ८ हजार ९८ मत पाएकी थिईन् र उनी उपमेयरमा निर्वाचित भएकी थिईन् । ज्ञानुमाया एमालेको उम्मेद्धार । रेणुका भने संघीय समाजवादी पार्टीबाट उम्मेद्धार बनेकी थिईन् । यसरी उपमेयरमा जुन पार्टीले हराएको थियो,सोही पार्टीले अहिले रेणुकालाई मन्त्री बनाएको छ । अहिलेसम्म कुनै पनि निर्वाचन नजितेकी र राजनीतिमा लागेको छोटो समयमै उनले मन्त्रालयमा पाइला टेकेकी हुन् ।

स्थानीय तहको निर्वाचन अघि फोरमको टोखा नगर कमिटी अध्यक्ष बनेकी थिइन्। उपप्रमुखमा पराजित गुरूङलाई फोरमले प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार बनाएको थियो। उनी समानुपातिकबाट प्रतिनिधि सभा सदस्य बनेकी थिइन्। उनी शुक्रवारदेखि महिला, बालबालिका तथा जेष्ठ नागरिक राज्यमन्त्री बनेकी छिन् । सुनसरीको रामधुनी नगरपालिका–६ की गुरूङ हाल काठमाडौंमा बस्दै आएकी छिन्। उनी नेपाल मानव कल्याण संगठन र दिगो विकास केन्द्रकी अध्यक्ष भइसकेकी छिन्। स्थानीय तहको निर्वाचनमा आफ्नो मत कम आएको भन्दै निर्वाचन अधिकृतसँग बिवाद गरेकी थिइन् । सुरुमा बाबुराम भट्टराईको नयाँ शक्तिमा लागेकी गुरुङ उपेन्द्र यादवको संघीय समाजवादी फोरमसँग मिलेर बनेको समाजवादी पार्टीमा लागेकी थिइन् । सो पार्टी र जसपाबीच एकीकरण भएपछि उनी उपेन्द्र यादव समूह छोडेर महन्थ ठाकुर पक्षमा लागिन् । आफ्नो समूहमा लागेपछि ठाकुर र महतोले उनलाई राज्यमन्त्री उपहार दिएका हुन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?