१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

प्रधानमन्त्री ओलीले हाम्रा मुद्दा सम्बोधन गरेकाले सरकारमा गएका हौं : मन्त्री भण्डारी



काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शरतसिंह भण्डारीले सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई सफल पार्न आफ्नो ध्यान जाने बताएका छन् ।

आइतबार मन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री भण्डारीले आफूहरुले उठाएको माग र मुद्दालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेकाले सरकारमा सहभागी भएको बताए । प्रधानमन्त्री ओलीले लिएको समृद्ध नेपाल सुखी नेपालीलाई सफल पार्नको निम्ति आफ्नो ध्यान जाने उनको भनाइ छ ।

‘सरकार जसपा र नेकपा (एमाले)को सहकार्यमा बनेको छ । हामी सहकार्य गर्न आएका छौं,’ उनल भने, ‘हाम्रा मुख्य माग र मुद्दाको सम्बोधन जसले गर्दछ त्यसलाई हामी मित्र शक्ति मान्छौं र त्यसैको आधारमा सहकार्य गर्छौं भनेर आज ओली नेतृत्वको सरकारले हाम्रो माग सम्बोधन गरेर अगाडि बढेको र हामीलाई सहकार्य गर्न बाटो खुलेको छ ।’

मन्त्री भण्डारीले ऊर्जा मन्त्रालय मुलुकको आर्थिक क्रान्तिको मेरुदण्ड भएकाले मन्त्रालयका काम कारबाहीलाई चुस्त र प्रभावकारी हिसाबले अगाडि बढाउने बताए ।


प्रतिक्रिया दिनुहोस !