Monday, April 28, 2025

ट्रेन्डिङ :

सरकारविरूद्ध नेविसंघको प्रदर्शन, महामन्त्री भट्टराई पक्राउ

spot_img
spot_img

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एकपछि अर्को असंवैधानिक काम गरिरहेको भन्दै नेविसंघले काठमाडौंमा प्रदर्शन गरेको छ। निषेधाज्ञाका बीच नेविसंघले गोंगबु चोकमा आइतबार दिउँसो प्रदर्शन गरेका हुन्।

नदीजन्य पदार्थ निकासी गर्ने बजेटमा समावेश कार्यक्रम फिर्ता लिनुपर्ने र उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोको अभिव्यक्तिबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्नेलगायत माग राखेर नेविसंघले प्रदर्शन गरेको हो।

प्रदर्शनमा उत्रिएका नेविसंघ महामन्त्री दीपक भट्टराईसहित नेता/कार्यकर्तालाई पक्राउ गरेर प्रहरीले महाराजगञ्ज प्रहरीमा राखेको छ।

किशोर गुरूङ, धर्मराज शाही, परोपकार अधिकारी, सन्तोष आले, सुदर्शन पनेरू, दीपेन्द्र ढकाल, सुमन थापा मगर र हिक्मत शाही पक्राउ परेका छन्।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?