१८ जेष्ठ २०८०, बिहीबार
 |   Thu Jun 1 2023
Logo

प्रधानन्यायधीश जबरा अस्वस्थ भएपछि प्रतिनिधिसभा विघटनको रिटमाथिको सुनवाई स्थगित



काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको स्वास्थ्य ठीक नभएकोले सोमबार प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको सुनुवाइ नहुने भएको छ। प्रधानन्यायाधीशको स्वास्थ्यका कारण सोमबार बस्‍ने संवैधानिक इजलास स्थगित भएको जानकारी सर्वोच्च प्रशासनले दिएको छ। अब बुधबार इजलास बस्‍ने भएको छ। संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन्। आइतबारको सुनुवाइमा सरकारी पक्षका अधिवक्ताले न्यायाधीश कार्की र भट्टराईबारे प्रश्न गरेपछि विवादमै इजलास सकिएको थियो र विषयमा प्रवेश गर्न पाएको थिएन। यसअघि गठन भएको संवैधानिक इजलासमा बमकुमार श्रेष्ठ र तेजबहादुर केसीबारे रिट निवेदक अधिवक्ताले प्रश्न उठाएपछि प्रधानन्यायाधीशले वरिष्ठताका आधारमा इजलास गठन गरेका थिए।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय