१६ जेष्ठ २०८०, मंगलवार
 |   Tue May 30 2023
Logo

राष्ट्रिय वाणिज्य बैंकको साढे ८ प्रतिशत ब्याजको ऋणपत्र आजबाट, साढे २ अर्ब रुपैयाँको बिक्रीमा



राष्ट्रिय वाणिज्य बैंकले आजरदेखि आरबीबी डिवेन्चर ल्याउने भएको छ। बैंकले ६ वर्ष अवधि भएको ऋणपत्र ल्याएको हो।

ऋणपत्रको वार्षिक ब्याज दर साढे ८ प्रतिशत हुने छ। अढाई अर्ब रुपैयाँ मुल्य बराबरको ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गर्ने बैंकले जनाएको छ।

बैंकका अनुसार प्रतिकित्ता हजार रुपैयाँ दरका कुल २५ लाख कित्ता बिक्री गरिनेछ।यो ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १५ लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरुलाई बिक्री गरिने छ।

ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल छ। ४० प्रतिशत अर्थात १० लाख कित्ता सर्वसाधारण नेपालीका लागि सार्वजनिक निष्कासनबाट ऋणपत्र बिक्री गरिने छ।  छिटोमा जेठ २८ गते र ढिलोमा असार ८ गतेसम्म बिक्रीमा रहने यो ऋणपत्र खरिदका लागि न्युनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिने बैंकले जनाएको छ।

बैंकका अनुसार ऋणपत्र खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु, सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सकिनेछ। मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको बैंकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !