१८ जेष्ठ २०८०, बिहीबार
 |   Thu Jun 1 2023
Logo

सरकारलाई लगानीकर्ताले विश्वास गरेकै कारण पुँजी बजारमा आकर्षण बढ्यो: अर्थमन्त्री पौडेल



उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले सरकारप्रति लगानीकर्ताको विश्वासका कारण पुँजी बजारमा आकर्षण बढेको बताएका छन्।

नेपाल धितोपत्र बोर्डको २९औं बार्षिकोत्सवको अवशरमा बोल्दै मंगलबार अर्थमन्त्री पौडेलले पुँजी बजारमा पछिल्लो समय आकर्षण बढिरहेको बताउँदै भने- यसलाई मैले सरकारप्रति लगानीकर्ताको विश्वसका रुपमा लिएको छु।

उनले पुँजी बजारलाई अझ बिस्तार गर्दै लैजानु पर्ने बताए। ‘लगानीका क्षेत्र अझै बिस्तार गर्दै  लैजानु पर्ने छ,’ उनले भने, ‘यसका लागि बजेटमा केही महत्वपूर्ण दृष्टीकोणहरु अगाडि सारेका छौं।’

उनले बस्तु विनिमय बजारको सुरुवात गर्नका लागि बोर्डलाई तयारी थाल्न निर्देशनसमेत दिए। उनले पुँजी बजारालई प्रभावित पार्ने नकारात्मक तत्ब छिर्न नपाओस् भनेर बोर्ड सचेत हुनु पर्न पनि बताए।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय