४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

निषेधाज्ञा सकिएपछि काठमाडौंमा जोर–विजोर प्रणाली लागु गर्ने तयारी



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण घट्न थालेपछि निषेधाज्ञा खुकुलो बनाउने गरी गृह मन्त्रालयले छलफल सुरु गरेको छ । मंगलबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्दै मन्त्रालयले निषेधाज्ञा खुकुलो बनाउने गृहकार्य थालेको हो । जेठ मसान्तमा निषेधाज्ञा सकिएपछि जोर–विजोर लगाउनेबारे पनि छलफल भएको छ । सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाउने तर निजीको हकमा भने जोर विजोर गराउनेबारे पनि परामर्श भइरहेको छ ।

यद्यपि तत्काल सार्वजनिक सवारी चाहिँ चल्न दिनु नहुने तीनै जिल्लाका प्रमुखको निष्कर्ष छ । निषेधाज्ञाको मोडालिटीको विषयमा २९ जेठमा निर्णय हुने समेत बताइएको छ । निषेधाज्ञा उलङ्घन गर्दै यही २० गतेदेखि भने मुलुकभर नै मानिसको चहलपहल बढेको पाइएको छ । यातायातका साधनसमेत बाक्लिएका छन् । जनस्वास्थ्यविद्हरुले भने अहिले नै लपरवाही नगर्न चेतावनी दिँदै आएका छन् । जोखिम कायमै रहेकाले अझै एक महिना विशेष ध्यान दिनुपर्ने स्वास्थ्य तथा जनङ्ख्या मन्त्रालकया सह–प्रवक्ता डा समीरकुमार अधिकारी बताउनुहुन्छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय