१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

एमाले एकताका लागि दोस्रो पुस्ताका नेताहरुको बैठक हात्ती आयो हात्ती आयो फुस्स



काठमाडौं : दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि पार्टी विभाजनको संघारमा पुगको एमालेलाई बचाउन दोस्रो पुस्ताका नेताहरुले गरिरहेको प्रयत्न पनि हात्ती आयो हात्ती आयो फुस्स भनेझै कुनै पनि प्रगति हुन सकेको छैन । नेकपा एमालेको एकता बचाउने प्रयासका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका दोस्रो तहका नेताहरुबीच मंगलबार समिट होटलमा साढे चार घन्टा लामो वार्ता भएको छ। मंगलबार अपराह्न सुरु भएको वार्ता बेलुकी ९ बजे सकिएको थियो । तर कुनै पनि ठोस निष्कर्षमा पुग्न सकेन । स्रोतका अनुसार ओली समूहका नेताहरु २०७५ जेठ ३ मा फर्कन तयार भए पनि नेपाल समूहले शर्त राखेको प्रतिनिधि सभा विघटन संभव नभएको बताएका थिए ।

तर नेपाल समूहका नेताहरुले २०७५ जेठ २ गतेमा फर्कनुका साथै प्रतिनिधि सभा विघटन फिर्ता लिए एमालेको एकता बचाउन सकिने तर्क गरेका थिए । ओली समूहका नेताहरुले संसद विघटनको फिर्ता नहुने तर नेपाललाई प्रधानमन्त्री बनाउन ओलीलाई कन्भिन्स गर्न सकिने बताएका थिए । बैठकमा कुरा नमिले पनि एमाले एकता जोगानु पर्छ भन्ने पक्षमा दुबै समूहका नेताहरुको निष्कर्ष रहेको नेपाल समूहका एक नेता बताउँछन् । एमाले एकता जोगाउन सक्रिय दोस्रो तहका नेताहरुकै सक्रियतामा वार्ता भएको थियो । वार्तामा ओली पक्षका तर्फबाट सुवास नेम्वाङ, बिष्णु पौडेल, प्रदीप ज्ञवाली र बिष्णु रिमाल सहभागी थिए। त्यस्तै, माधव नेपाल पक्षबाट भीम आचार्य, घनश्याम भुसाल, गोकर्ण बिष्ट र सुरेन्द्र पाण्डे सहभागी थिए। वार्तामा माधव नेपाल पक्षबाट सहभागी नेता बिष्टले पार्टी एकतालाई कसरी जोगाउन सकिन्छ भन्ने विषयमा नै वार्तामा छलफल भएको जानकारी दिए।

यो अघि पनि दुबै पक्षका नेताहरुको बीचमा याक एण्ड यती होटलमा भएको वार्ताको नेपाल समूहको केन्द्रीय समितिको बैठकले आलोचना गरेको थियो । ओलीको ६ बुँदे वार्ताको प्रस्ताव नेपाल समूहले जालझेल र षड्यन्त्रको प्रपञ्च भएकाले अहिलेक स्थितिमा एकता नहुने निर्णय गरिरहेको छ भने सुदुर पश्चिमा माओवादीका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिईसकेको छ जसले एमालेको एकतालाई कमजोर बनाएको छ ।


प्रतिक्रिया दिनुहोस !