Monday, March 17, 2025

ट्रेन्डिङ :

धितोपत्र बोर्डले भन्यो– यी ७ विषय विश्लेषण गरेर मात्र सेयर किन्नु, नत्र फसिएला !

spot_img
spot_img

 नेपाल धितोपत्र बोर्डले कम्पनीको आधारभुत तथा प्राविधिक विषय विश्लेषण गरेर मात्र सेयर किन्न आम लगानीकर्तालाई आग्रह गरेको छ । बोर्डले बजारले उच्च बिन्दु चुम्दै गर्दा पछिल्लो समय धितोपत्रको दोश्रो बजारमा कारोबार वृद्धिसँगै सेयर कर्नरिङ्ग, सर्कुलर ट्रेडिङ्ग लगायत गतिविध हुन थालको भन्दै विश्लेषण तथा संस्थागत स्थित अध्ययन गरेर मात्र सेयर किन्न भनेको हो ।

अहिले सेयर बजारमा कारोबार अनलाइनमार्फत्‌ घरमै बसी बसी गर्न सकिने व्यवस्था भएकाले करिव ९० प्रतिशत कारोबार अनलाइनमार्फत्‌ नै भइरहेको बोर्डको ठहर छ । धितोपत्रको प्राथमिक र दोश्चो
बजारमा लगानी गर्ने लगानीकर्ताको संख्यामा वृद्धि भइरहेको छ भने कारोबार रकम र कारोबार संख्यामा समेत बढिरहेको छ । बजारको सिद्दान्त अनुरुप बजार घटबढ हुने हुदाँ लगानीकर्ताले लगानी गर्दै गर्दा लगानीसँगसँगै जोखिम पनि हुन्छ भन्ने कुरा ध्यानमा राखी जोखिम बहन गर्न सक्ने गरी लगानी गर्न बोर्डको आग्रह छ ।

पछिल्लो समय धितोपत्रको दोश्रो बजारमा कारोबार वृद्धिसँगै सेयर कर्नरिङ, सर्कुलर ट्रेडिङ भएका गुनासा पनि प्राप्त भई बोर्डले यस सम्बन्धमा अध्ययन सुरु गरेको बताएको छ । “यस्तो अध्ययन सम्पन्न हुन केही समय लाग्न पनि सक्छ,” बोर्डले भनेको छ, “उपर्युक्त परिप्रेक्षमा धितोपत्र सम्बन्धी ऐन, २०६३ ले बर्जित गरेका क्रियाकलापमा संलग्न नहुन सबैलाई सजग गराउँदै सम्पूर्ण लगानीकर्तालाई देशको विद्यमान आर्थिक परिदृष्य, सूचीकृत संगठित संस्थाहरूको वित्तीय कार्यसम्पादनको आधारभूत विश्लेषण (प्रति सेयर आम्दानी, प्रति सेयर नेटवर्थ, मूल्य आम्दानी अनुपात, किताबी मूल्यमा बजार मूल्यको अनुपात आदिको विश्लेषण), परिसूचक तथा कम्पनीको बजार मूल्यसम्बन्धी प्राविधिक विश्लेषण, संस्थागत सुशासनको अवस्था समेतलाई मूल्यांकन गरी लगानी गर्न अनुरोध गर्दछौं ।

बोर्डले लगानीकर्तालाई बजारको विविध पक्षबारे समय समयमा प्रेस विज्ञप्ती, बोर्डको प्रकाशन, बोर्डको वेभसाइट तथा विभिन्न सञ्चार माध्यममार्फत्‌ जानकारी गराउँदै आइरहेको छ । सूचीकृत संगठित संस्थाहरुको मूल्य संवेदनशील विवरण तथा सूचना नेप्सेमार्फत्‌ प्रकाशन गरी लगानीकर्ताले समयमा नै पाउने व्यवस्था बोर्डले गरेको दाबी गरेको छ

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?