६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

योगेश भट्टराईनिकट गणेश पहाडी बन्ने भए सामान्य प्रशासनमन्त्री



प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको मन्त्रिपरिषदका ८ जना सदस्यमध्ये एमालेबाट पूर्वमाओवादीसहित ७ जना पर्दा माधव नेपाल समूहका एकजना गणेश पहाडी समेटिएका छन् ।

माधव नेपाल पक्षका सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरुसँग संवाद भइरहे पनि मन्त्री बन्न नमानेपछि योगेश भट्टराईनिकट पहाडीलाई सामान्य प्रशासन मन्त्री बनाइएको हो ।

सिन्धुलीबाट दुईपटक निर्वाचित भएका पहाडी प्रधानमन्त्रीलाई विश्वासको मत दिने बेला अनुपस्थित हुने २८ जनामा एक थिए । तर उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन रिट निवेदन दिने बेला भने हस्ताक्षर गरेनन् ।

योगेश भट्टराई र पहाडीले संयुक्तरूपमा यसअघि एमाले महासचिव ईश्वर पोखरेललाई पनि भेटेर पार्टी एकताको पहल गर्न आग्रह गरेका थिए । माधव पक्षका गोकर्ण, योगेश गणेश पहाडी र पवित्रा निरौला खरेलले हस्ताक्षर गरेका थिएनन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय