
सेयर बजारमा सामान्य करेक्सन भएपनि कारोबार रकममा भने उछाल देखिएको छ। दिनभरीमा १६ अर्ब १० करोड रुपैयाँको किनबेच भएको छ।
सूचक भने १.८० अंकले घटेर २९ सय ४४ अंकमा छ। यद्यपी सुरुवातमा भने बजार बढेको थियो। हिजोअस्ति बजारलाई उचाल्ने समूहहरु सुस्त हुँदा सूचक ओरालो लागेको हो।
बैंकिङ १७.७८ अंकले घटेको छ भने जीवन बीमा २७३ अंकले तल आएको छ। ब्यापार, होटल, निर्जीवन, उत्पादन, अन्य समूह पनि घटेको छ।
विकास बैंक सूचक भने निरन्तर उचाइमा छ। हिजोअस्तिको तुलनामा बृद्धि दर भने कम छ। १२० अंकले सूचक बढेको छ। जलविद्युत ८८, फाइनान्स ६१ अंकले बढेको छ। लघुवित्त र सामूहिक लगानी कोष पनि बढेको छ।
एचआइडीसीएलको ८३ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यसपछि नेपाल रिइन्स्योरेन्सको ४५ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ। लुम्बिनी विकास बैंक पनि केही समययता सर्वाधिक कारोबार हुने कम्पनीमध्येमा छ।
पाँचथर पावर, लिवर्टी इनर्जी, शिवश्री हाइड्रोको सेयर मूल्यमा बढेर सर्किट लागेको छ। घट्नेमा गोर्खा फाइनान्स, हिमालयन जनरल इन्स्योरेन्सलगायत छन्।