१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

तत्काल सवारी साधन खुल्ला हुँदैन : प्रवक्ता दाहाल



काठमाडौं । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले तत्काल सवारीसाधन नचल्ने बताएका छन् । देशका ७५ जिल्लामा जारी निषेधाज्ञाको मोडालिटी असार १ देखि हेरफेर गर्ने तयारी भए पनि सवारीसाधनलाई भने तत्काल खुला नगरिने प्रवक्ता दाहालले बताए । अहिलेको समय कृषि र खेतीपातीको समय भएकोले त्यसैलाई मध्यनजर राखी निषेधाज्ञाको मोडालिटी बनाइने प्रवक्ता दाहालको भनाइ छ । सवारीसाधन सञ्चालन गर्दा झनै संक्रमण बढ्ने भएकाले अहिले सवारीसाधन सञ्चालन गर्ने कुनै तयारी नभएको उनले बताए ।

आर्थिक गतिविधि सञ्चालन गर्न सहजीकरण गर्ने भन्ने कुरा आइरहँदा प्रवक्ता दाहालले शहर बजारमा व्यापार–व्यवसाय पनि अहिले नै सञ्चालन नहुने बताए । निषेधाज्ञा जारी भएकाले संख्यात्मक हिसावले थोरै कोरोना संक्रमण घटे पनि उल्लेख्य घटिसकेको छैन । जनस्वास्थ्य विज्ञले असारमा झन् बढी कोरोना संक्रमण फैलिने अनुमान गरेकाले निषेधाज्ञा हटाइहाल्ने अवस्था नरहेको प्रवक्ता दाहालको भनाइ छ । अघिल्लो वर्षको जस्तो पूर्ण लकडाउन नभएकोले जनजीवन पूर्णरुपमा प्रभावित भएको अवस्था नभएको उनको दाबी छ ।


प्रतिक्रिया दिनुहोस !