१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

पदमुक्त भएका गुरुङको फेरी मुख्यमन्त्रीमा दाबी, केन्द्रमा झै गडबडी हुन सक्ने आशंका



पोखरा : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन् । उनले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित फेरि मुख्यमन्त्रीमा दावी गरेका हुन् । राष्ट्रिय जनमोर्चाले कारवाही गरिसकेका सांसद कृष्ण थापालाई संसदीय दलकै नेता मानेर गुरुङले उनको पत्रको आधारमा जनमोर्चाका तीन सांसद आफ्नो पक्षमा रहेको दाबी गरेको स्रोतको भनाइ छ । त्यस्तै जसपाको प्रदेश कमिटीको निर्णय लिएर जसपाभित्र पूर्व राजपाका एक सांसदको समर्थन रहेको गुरुङले दाबी गरेका छन् । जेठ २८ गते मुख्यमन्त्रीबाट पदमुक्त भएका गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले झै गण्डकी प्रदेशमा पनि गडबडी गर्न सक्ने विपक्षीहरुले आशंका गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !