१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

चिसियो जी ७ राष्ट्रहरु र चीनको सम्बन्ध



काठमाडौं : बेलायतमा सम्पन्न जी ७ राष्ट्रले हङकङमा चलिरहेको प्रजातान्त्रिक आन्दोलनको समर्थन र बेइजिङले मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय मान्यताको उल्लंघन गरेको आरोप लगाएका छन् । सोमबार जी ७ राष्ट्रहरुले चीनको शिनजियांगमा मानव अधिकारको उल्लंघन भएको निष्कर्ष निकाले । शिंजियांगमा उइगुर मुसलमान, यस क्षेत्रका अल्पसंख्यकहरुका बिरूद्धको दुव्र्यहारको आरोपको चीनले भने खण्डन गरेको छ । चीनले जी ७ ले झूटा, अफवाह र आधारहीन आरोप लगाएको भन्दै खण्डन गरेको छ ।

त्यस्तै पूर्वाग्रहका आधारमा विदेशी नेताहरुले आफ्नो देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको बताएको छ । त्यस्तै चीनको वेलट रोड एण्ड इनेसिएटिभ परियोजनाको काउन्टरमा जी ७ ले संयुक्त भौतिक पूर्वाधार निर्माणको परियोजना ल्याउने घोषणा गरेको छ । त्यस्तै चीनको बेलायती राजदूतावासले सानो समूहले विश्वभरी शासन चलाउने समयको अन्त्य भईसकेको भन्दै जी सेवेनको कडा आलोचना गरेको छ । जी ७ को बेठकपछि विश्वमा शक्ति राष्ट्रहको बीचमा थप तिक्तता बढ्ने संकेत देखिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !