Wednesday, March 19, 2025

ट्रेन्डिङ :

जनकपुर-जयनगर रेल असार १५ गतेभित्र संचालनमा ल्याउन भौतिकमन्त्री नेम्बाङको निर्देशन

spot_img
spot_img

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले निषेधाज्ञा खोल्नवित्तिकै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी थाल्न रेल विभागलाई निर्देशन दिएका छन्।

मन्त्री नेम्वाङले पानी जहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरुसँग छलफल गर्ने क्रममा रेल विभागलाई निषेधाज्ञा खुल्ने वित्तिकै रेल सञ्चालन गर्ने गरी सम्पूर्ण तयारी पूरा गर्न निर्देशन दिएका हुन्। नीतिगत, व्यवहारिक र प्राविधिक सम्पूर्ण कुराहरुको व्यवस्थापन भइसक्दा पनि रेल सञ्चालनमा ढिलाइ भएकाले छिटोभन्दा छिटो सञ्चालनमा आउनुपर्ने उनले बताए।

उनले भने, ‘रेल सञ्चालनका लागि अध्यादेश जारी गरिसकेका छौं। यति हुँदाहुँदै पनि हामीले रेललाई समयमा सञ्चालन गर्न सकेका छैनौं। कोभिड महामारीले बाधा पुर्‍याएको छ। अध्यादेश ल्याउने, जिएम नियुक्ति गर्ने लगायत कानुन व्यवस्थित गरिसकेका छौं।

रेल स्वयम् ल्याइसकेपछि, सुरक्षाका लागि सशस्त्र प्रहरी तैनाथ गरिसकेपछाडि अब नीतिगत, व्यवहारिक, प्राविधिक सबै कुराको व्यवस्थापन भइसकेको छ। यस्तो अवस्थामा लकडाउन खोल्न वित्तिकै हामीले त्यहाँ रेल सञ्चालन गर्नुपर्छ। त्यहाँका जनताहरुलाई रेलको सेवा प्रदान गर्नुपर्छ। १५ गतेभित्र रेल चलाउने तयारीमा लाग्नुस्।’

मन्त्री नेम्वाङले पानी जहाज सञ्चालनका लागि तयारी गर्न तथा नदीनालाहरुमा सम्भाव्यता अध्ययनको काम अघि बढाउन पानी जहाज कार्यालयलाई पनि निर्देशन दिए। उनले भने, ‘नदीनालामा साना वोटहरु हाम्रा नदीनालामा सञ्चालन गर्ने, सम्भाव्यता अध्ययन गर्ने र आगामी आर्थिक वर्षमा बजेटमा समावेश भएका कार्यक्रमलाई कार्यान्वयन गर्नेतर्फ तदरुकताका साथ ध्यान दिनुस्।’

मन्त्री नेम्वाङले पानी जहाज सञ्चालनको निम्ति रुट बनाउँदा खुवालुङको ढुंगाको संरक्षण गर्ने कुरा पनि स्पष्ट पारे। खुवालुङको सम्बन्धमा उठेका जनआवाजलाई ध्यान दिने उनको भनाई छ। त्यसलाई ध्वस्त पारेर, नष्ट पारेर गर्न नखोजेको कुरा स्पष्ट पार्न पनि उनले निर्देशन दिए। उनले भने, ‘खुवालुङको सम्बन्धमा उठेको जनआवाजलाई ध्यान दिएका छौं। खुवालुङको संरक्षण गर्दै त्यसलाई नचलाइकन गर्दैछौँ। त्यसलाई ध्वस्त पारेर, नष्ट पारेर हामीले गर्न खोजेको होइन्।’

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?