१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

जनमोर्चाका प्रदेश सांसद थापाको पद सर्वोच्चले गर्यो खारेज



काठमाडौं : गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज भएको छ । उनलाई सांसद पदमा थमौती गर्ने यसअघिको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको हो । सो आदेश सँगै थापा पदमुक्त भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले अदालतबाट अन्तरिम आदेश जारी भएपश्चात परिस्थितिमा परिवर्तन भइ हाल विपक्षी निवेदक थापा गण्डकी प्रदेशसभा सदस्यबाट हटिसकेको भन्ने तथ्यमा विवाद नदेखिएको उल्लेख गरिएको छ ।

थापालाई पार्टीको सिफारिसमा पदमुक्त गरिएपनि उनी सर्वोच्च पुगेका थिए । जेठ २३ मा सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाले थापामाथि गरेको कारबाही थमौती गरेर ‘गण्डकी प्रदेशसभा सदस्यको हैसियतमा काम गर्न दिनु’ भनेर अन्तरिम आदेश दिएको थियो । सो आदेशविरुद्ध गण्डकी प्रदेशसभा सचिवालयले भ्याकेट मुद्दा समेत दर्ता गराएको थियो ।


प्रतिक्रिया दिनुहोस !