१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

हेलम्बुमा सशस्त्र, नेपाल प्रहरी र सेनाको क्याम्प बाढीले बगायो, कयौँ हाताहतको आशंका



काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको बाढीले हेलम्बुमा रहेका सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प बगाएको छ। अविरल बर्षापछि आएको बाढीले जनधनको क्षति समेत गरेको आशंका गरिएको छ। मंगलबार साँझ मेलम्ची नदीमा आएको बाढीले आसपासका बस्ती बगाएको आशंका गरिएको छ । नदीको माथिल्लो भागमा पहिरो खसेको र पहिरो खुल्दा नदीमा पानीको बहाव बढेको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले बाढीले हताहत भएको खबर आए पनि विवरण आउन बाँकी रहेको बताए । उनका अनुसार मेलम्ची नगरपालिकाका केही स्थानमा बाढी पसेको छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय