१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

एकताको नजिक पुग्यो एमाले, केही दिनमा स्थायी समिति बैठक बस्ने प्रवक्ता ज्ञवालीको दाबी



काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक अनिश्चित बनेको छ । नेपाल समूहसहित असार २ गते बस्ने भनिएको बैठक वातावरण बन्न नसकपछि एमालेको स्थायी समिति बैठक स्थगित भएको हो । विभिन्न सञ्चार माध्यममा असार २ मा दुवै पक्षको सहभागितामा स्थायी कमिटीको बैठक बस्ने समाचार आए पनि त्यस्तो सम्भावना अहिले नरहेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । एमालेभित्र देखापरेको विवाद केही मत्थर भए पनि सहमतिको खाका अझै तय हुन नसकेको उहाँले जानकारी दिए । । केही दिनयता दुवै पक्षका नेताहरू थप सक्रियता साथ औपचारिक तथा अनौपचारि कछलफलमा जुट्दै सहमतिको बिन्दु पहिल्याउने प्रयास भइरहेको उनले बताए ।

प्रवक्ता ज्ञवालीले भने, पार्टीभित्रको विवाद समाधानका लागि औपचारिक तथा अनौपचारिक रूपमा निरन्तर छलफल भइरहे सहमतिको खास बिन्दुको टुङ्गो लागिनसकेको छैन । पार्टीभित्रको समस्या समाधानका लागि दोस्रो पुस्ताका नेताहरूले निरन्तर लिएको पहल सकारात्मक रहेको बताउदै र केही दिनमा सहमतिसाथ स्थायी कमिटी बैठक बस्नसक्ने जानकारी दिए । प्रदेश १, बागमती, कर्णालीलगायत प्रदेश सरकारमा निर्माण भएको सहमतिको वातावरणले पनि एमाले एकताका लागि वातावरण तयार पारेको उहाँको धारणा छ ।


प्रतिक्रिया दिनुहोस !