१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

कर्मचारीलाई घुुम्नका लागि एक महिनाको तलब, पर्यटन विकासमा सहयोग पुग्ने दाबी



बुटवल : लुम्बिनी प्रदेशका सरकारी तथा संस्थानमा कार्यरत कर्मचारीलाई घुम्नका लागि एक महिनाको तलब दिइने भएको छ । मंगलवार वार्षिक वजेट सार्वजनिक गर्दै आर्थिक योजना मन्त्रीले लुम्बिनी प्रदेशका सरकारी संस्थामा रहेका कर्मचारीलाई एक महिनाको तलब दिने निर्णय गरेको हो । आन्तरिक पर्यटनमा सघाउ पुर्याउने उदेश्यले सो योजना सञ्चालन गर्न लागिएको र त्यसका लागि प्रदेशले वजेट बिनियोजन गरेको आर्थिक योजना मन्त्रीले बताए । कार्यक्रम अन्तर्गत वर्षमा एकपल्ट सरकारी कर्मचारीलाई एक महिनाको शुरु तलव स्केल दिएर घुम्न प्रोत्साहन गरिने छ । पर्यटन क्षेत्रको विकासका लागि होमस्टे स्थापनालाई प्राथमिक्ता दिइने छ । होमस्टेलाई स्तरीय बनाउन तालिमको व्यवस्था गरिने छ । प्रदेश भित्रका ५० पर्यटकीय गन्तव्य पहिचान गरी पूर्वाधार निर्माण तथा पर्यटन प्रवद्धनमा जोड दिइने उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !