spot_img
Tuesday, August 3, 2021
spot_img

ट्रेन्डिङ :

सरकारले निजामती कर्मचारीलाई दिनको सय रूपैयाँ खाजा खर्च दिने

spot_img

विराटनागर । प्रदेश नम्बर १ सरकारले निजामती कर्मचारीहरूलाई खाजा खर्च दिने भएको छ । मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै आर्थिक मामिला मन्त्री आङ्बोहाङ्गले कर्मचारीलाई हाजिरीका आधारमा खाजा खर्च उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।

कर्मचारीहरुको प्रोत्साहनका लागि साउन १ गतेबाट हाजिर भएको दिनको आधारमा १ सय रुपैयाँ खाजा खर्चको व्यवस्था गरिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रदेशका कर्मचारीहरुको उत्प्रेरण, मनोबल बृद्धि गर्न प्रोत्साहन स्वरुप २०७८ साउन एक गतेदेखि लागू हुने गरी प्रत्येक कर्मचारीलाई कार्यालयमा उपस्थित भएको दिन रु एक सयको दरले खाजा खर्च प्रर्दान गर्ने व्यवस्था मिलाएको छु ।’

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: