
काठमाडौं- नेपालमा कोरोना भाइरस कोभिड — १९ का २८२८ जना संक्रमित थपिएका छन् । १३ हजार २२ जनाको परीक्षण गर्दा २८२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै ५२ जनाको संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ८ हजार ५५८ जनाको मृत्यु भएको छ।
आज ३ हजार ८२ जना कोरोनाबाट मुक्त भएका छन्।
४३ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।