२१ बैशाख २०८१, शुक्रबार
 |   Fri May 3 2024
Logo

बाढीले गाउँपालिका, प्रहरी कार्यालयसहित बैंक र होटल बगायो, एक कर्मचारी सम्पर्कविहीन



मनाङ : मनाङको नासों गाउँपालिका–३ धारापानीमा मर्स्याङ्दी नदीले गाउँपालिकाको कार्यालय, प्रहरी चौकी, प्राइम बैंक र प्रभु बैंकको कार्यालय र केही होटल बगाएको छ। बुधबार दिउँसो नदीमा आएको बाढीले उक्त संरचना बगाएको मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले बताए। उनका अनुसार बैंकमा कार्यरत १ जना कर्मचारी हराएका छन्। सम्पर्कविहीन भएका ती कर्मचारीका बारेमा बुझ्न धारापानी प्रहरी चौकीका प्रहरी खटाएको डिएसपी खड्काले बताए। बाढी र पहिरोका कारण मनाङमा एउटा गाउँबाट अर्को गाउँमा जान सक्ने अवस्था नरहेको स्थानीयले जनाएका छन्। अहिले पनि निरन्तर पानी परिरहेकाले उद्धारमा समेत जान नसक्ने अवस्था आएको उनीहरूको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !