१६ जेष्ठ २०८०, मंगलवार
 |   Tue May 30 2023
Logo

यी हुन्, निजामती कर्मचारीलाई हटाउन सक्ने ७ कारणहरु



काठमाडौं : निजामती सेवा ऐन–२०४९ अनुसार देहायको कुनै अवस्थामा निजामती कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिनेगरी सेवाबाट हटाउन सकिने व्यवस्था छ । कुन अवस्थामा निजामती कर्मचारीलाई सरकारी सेवाबाट हटाउन सकिने व्यवस्था छ ?

१. निजामती कर्मचारीले अयोग्यताका कारणले आफ्नो पदको काम वा जिम्मेवारी पूरा गर्न नसकेमा

२. आचरणसम्बन्धी कुरा बराबर उल्लंघन गरेमा

३. कार्यालयको समयमा बराबर मादक पदार्थ सेवन गरेमा

४. बराबर अनुशासनहीन काम गरेमा

५. राजनीतिमा भाग लिएमा

६. आफ्नो पदको जिम्मेवारीको बराबर बेवास्ता गरेमा

७- बिदा स्वीकृत नगराई लगातार ९० दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा ।


प्रतिक्रिया दिनुहोस !