१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

फेरी सभापतिमा भीड्छु र कांग्रेसलाई ठूलो पार्टी बनाउँछु : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले अब आफ्नै नेतृत्वमा नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउने बताएका छन् । भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको भोलिपल्ट शनिबार सभापति देउवाले आफूनिकट नेताहरुसँगको कुराकानीमा उक्त कुरा बताएका हुन् । देउवाको भनाई तात्पर्य उनी पुनः सभापतिमा दोहोरिने चाहेका छन् र त्यहीँ छलफल गर्न देउवाले आफूनिकट केन्द्रीय सदस्यलाई बोलाएर छलफल गरेका छन् ।

देउवाले शनिबार प्रदेश १ का केन्द्रीय सदस्यहरुसँग बूढानीलकण्ठमा छलफल गर्दै आफू सभापतिमा दोहोरिने बताए । उनले भने, ‘भनेकै समयमा महाधिवेशन हुन्छ । म सभापतिमा फेरि लड्छु । र, मेरै नेतृत्वमा कांग्रेसलाई देशको ठूलो पार्टी बनाउछु । शनिबार छलफलमा सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, सीता गुरुङ उपस्थित थिए । यसैगरी छलफलमा बाबुराम बस्नेत, डा. डीला संग्रौला, सुजाता परियारलगायत पनि सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस !