१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

दलित युवतीलाई कोठा नदिएको आरोपमा घरबेटी पक्राउ



काठमाडौं । एक दलित युवतीलाई कोठा नदिएको आरोपमा प्रहरीले बबबरमहल निवासी सरस्वती प्रधानलाई पक्राउ गरेको छ । उनीविरुद्ध २४ वर्षीया त्रकार रुपा सुनारले प्रहरीमा उजुरी दिएकी थिइन् ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट गएको प्रहरीले ५८ वर्षीया प्रधानलाई पक्राउ गरेको डीएसपी रमेश बस्नेतले बताए । उनीसँग अहिले प्रहरीले सोधपुछ गरिरहेको छ ।

प्रहरीले घरबेटी प्रधानविरुद्ध गत शुक्रबार जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !