१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

इजरायले विष्फोट गराएपछि आणविक प्लाण्ट बन्द, कडा बदला लिने इरानको चेतावनी



काठमाडौं : इरानी आणविक प्लान्टमा आपतकालीन सटडाउन गरिएको छ । ईरानको बुशहर आणविक शक्ति केन्दमा विष्फोट भएपछि ३/४ दिनदेखि बन्द रहेको इरानी सरकारी टिभीले जनाएको छ । आणविक प्लान्टको दश बर्षमा पहिलो पटक आणविक सटडाउन गरिएको हो । आणविक केन्द्रमा विष्फोट भएपछि इरानले घटनामा आतंकवादीहरुले हमला गरेको बताएको छ । आईतबार इरानका मन्त्रीले यो घटनामा इजरायलको हात रहेको र त्यसको बदला लिई छाड्ने चेतावनी दिएका छन् ।

इरानको राज्य विद्युत कम्पनीका एक अधिकारी, घोलमाली राख्णिमेहरले आइतवारको एक वार्तालापमा आणविक प्लान्ट बन्दको घोषणा गरे । आणविक प्लान्ट बन्द भएसँग बिजुलीको मार पर्न सक्ने उनले बताए । उनका अनुसार यो प्लान्ट केही दिन बन्द हुने छ । बुशहर प्लान्टको निर्माण १९७९ को इस्लामिक क्रान्तिपछि शुरु भएको थियो । पछि इरान इराक युद्धको समय बन्द गरिएको थियो । सन् २०११ मा रुसी सहयोगमा प्लान्टले बिजुली आपूर्ति गर्न शुरू गरेको थियो ।

ईरानको नटानज आणविक सुविधा केन्द्रबाट विस्फोट भएको ठीक एक बर्ष पछि बुशहर आणविक केन्द्र पनि सटडाउन भएको छ । जहाँ युरेनियमको प्रशोधन भइरहेको थियो। इजरायलीका एक पूर्व गुप्तचर प्रमुखले भर्खरै २०२० सालको ब्लास्टको पछाडि उनको देशको हात रहेको दाबी गरेका छन् । यस वर्षको अप्रिलमा नटानज सुविधा अर्को विस्फोट भएको थियो । ईरानी अधिकारीहरूले उक्त घटनालाई आतंकवादी घटना भनेका छन् । मार्चमा इरानी आणविक अधिकारी महमूद जाफरीले चेतावनी दिएका थिए कि बुशहर प्लान्ट बन्द हुने जोखिममा छ किनकि अमेरिकी प्रतिबन्धले स्रोतका साधन र उपकरणहरूको व्यवस्थापन गर्न गाह्रो भइरहेको छ, इरानको सरकारी अधिकारीले जनाएका छन् ।

source : https://www.rt.com/news/527111-bushehr-nuclear-plant-shutdown/


प्रतिक्रिया दिनुहोस !