१७ बैशाख २०८१, सोमबार
 |   Mon Apr 29 2024
Logo

३ हजार इन्जिनियरले सिंहदरबार घर्ने, यस्तो छ कारण



काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले असार ११ गते सिंहदरबार घेराउ गर्नेबारे भएको छ । देशभरीका ३ हजारभन्दा धेरैको संख्यामा इन्जिनियर तथा प्राविधिकहरु उपस्थित भइ देशको प्रमुख प्रशासनिक केन्द्र घेराउ गर्ने तयारी छ । केन्द्रीय आयोजना कार्यान्वयन इकाईले साउन १ गतेदेखि करार सम्झैता सकिने हुनाले प्राविधिकहरुलाई सोहीअनुसार मानसिकता बनाउन आग्रह गरेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणस् प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । भवनअन्तर्गत इन्जिनियरिङ कार्यमा करिब ३ हजार प्राविधिकहरु कार्यरत छन् ।

२०७२ सालको भूकम्पपछि देशभरका ३२ जिल्लामा कार्यरत इन्जिनियर तथा प्राविधिकले सेवा, सुविधा नपाएको र पटक–पटक जानकारी गराउँदासमेत कसैले वास्ता नगरेको भन्दै सामूहिक राजिनामा दिन लागेको संरक्षण समितिका संयोजक अमरले जानकारी दिए । उनीहरुले देशले जनशक्ति उत्पादन गरेर त्यसै बेरोजगार छाडिदिनुभन्दा बैकल्पिक उपाय अपनाएर व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् । साथै, कामकागमा खटिएवापत तलबको अतिरिक्त खाइपाई आएको भोगोलिक र प्रोत्साहन भत्ता लगायत अन्य सेवा, सुविद्याबाट बञ्चित गराइएकाले आफ्नो अधिकार खोसेर भए पनि लिने बताएका छन् ।

यसअघि २०७५ सालमा प्राविधिकहरुले तलबको अतिरिक्त खाइपाई आएको भोगोलिक र प्रोत्साहन भत्ता लगायत अन्य सेवा, सुविद्याको माग राख्दै सडक संघर्ष र सामूहिक राजीनामा घोषणा गरेका थिए । यसअघि नै २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणमा खटिएका प्राविधिकहरुले १० गते सामूहिक राजीनामा दिने र ११ गते सिंहदरबार घेराउ गर्ने कार्यक्रम तय गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !