Monday, March 17, 2025

ट्रेन्डिङ :

स्रोत नखुलेको ४० लाख रुपैया सहित युवक पक्राउ

spot_img
spot_img

महोत्तरी- स्रोत नखुलेको ३९ लाख ८० हजार रुपैया सहित महोत्तरीको मटिहानी– जनकपुर सडकखण्डमा मगलवार प्रहरीले एक युवकलाई पक्राऊ गरेको छ ।पक्राऊ पर्नेमा धनुषाको मुखियापट्टी मुसरनियाँ गाउँपालिका–१ घर भई जनकपुरमा धनलक्ष्मी ज्वेलर्स (सुनचाँदीको पसल) सञ्चालन गर्दै आएका ३८ वर्षीय संजय कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताए ।

टीभीएस कम्पनीको अनटेस्ट मोटरसाईकमा चढी मटिहानीबाट जनकपुर जाँदै गरेको साहलाई मटिहानी नगरपालिका– ९ स्थित विग्ही नदीको पुलमाथि प्रहरी चौकी मटिहानीका ईंचार्ज प्रहरी नायब निरीक्षक सुमन सिंहको नेतृत्वमा खटिगएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उनको साथबाट स्रोत नखुलेको ३९ लाख ८० रुपैया बरामद भएको हो ।

स्रोत नखुलेको रकम सहित पक्राऊ परेका युवक साहलाई आवश्यक कारबाहीको लागि मोटरसाईकल सहित जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याई आवश्यक कारबाही अगाडि बढाउने तयारी भइरहेको प्रहरी उपरीक्षक आचार्यले बताए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?