
कठमाडौं । बुधबार विहान देखि अवरुद्ध नेपाल टेलिकमका टेलिफोन सेवा सुचारु भएको छ । विहान ६ः३० बाट ८ ः ३० बजे सम्म अवरुद्ध मोवाइल सेवा सुचारु भएको हो ।
सिस्टममा समस्या भएकाले नेपाल टेलिकममा फोन सेवा अवरुद्ध भएको र अहिले सेवा सूचारु भएको नेपाल टेलिकमा सम्पर्क अधिकारी तिलक शर्माले जानकारी दिनु भयो । भ्वाईस सर्भिसमा समस्या आए पनि इन्टरनेट लगायतका सेवा सूचारु रहेको उहाँको भनाइ छ ।तीन घण्टा अबरुद्ध हुँदा उपभोक्ता समस्यामा परेका छन् ।