१६ जेष्ठ २०८०, मंगलवार
 |   Tue May 30 2023
Logo

११ विधामा आइसिटी अवार्ड २०२१ को अनलाइन नोमिनेसन सुरू



काठमाडौं- सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा स्थापित आइसिटी अवार्डको छैटौं संस्करणको अनलाइन नोमिनेसन सुरु भएको छ।

लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाको सहकार्यमा आयोजना हुने ‘आइसिटी अवार्ड २०२१’ को लागि विभिन्न ११ विधामा अवार्डको नोमिनेसन खुला गरिएको हो।

दोस्रो लहरको कारण अवार्डको अनलाइन नोमिनेसन खुला गरिएको छ। गत वर्ष पहिलो लहरको संक्रमणको अवधिमा अधिकांश कार्यक्रम स्थगन भए पनि आइसिटी अवार्ड २०२० भर्चुअल माध्यमबाट नोमिनेसन र छनोट प्रक्रिया अघि बढाउँदै डिसेम्बर २३, २०२० मा सोल्टी होटलमा विशेष कार्यक्रममार्फत १२ विधाका विजेतालाई सम्मान गरिएको थियो।

यस वर्षको आइसिटी अवार्डमा अधिकांश छनोट समितिका मिटिङहरू भर्चुअल सञ्चालन हुने आयोजकले जानकारी दिएको छ। आइसिटी अवार्डको छनोट प्रक्रियाको लागि दुई दर्जनभन्दा बढी जुरी र सल्लाहकार छन्।


प्रतिक्रिया दिनुहोस !