१५ बैशाख २०८१, शनिबार
 |   Sat Apr 27 2024
Logo

आफ्नै ५ वर्षीया भतिजीलाई बलात्कार गर्ने एक जना पक्राउ



तनहूँ। भतिजीलाई जबरजस्ती करणी गरेको अभियोगमा काका पक्राउ परेका छन् । व्यास नगरपालिका–९ का ५३ वर्षीय काकाले भतिजीलाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । पाँच वर्षीया भतिजीलाई जबरजस्ती करणीको अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । आमा घरमा नभएका बेला उनले बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिविरुद्ध जिल्ला अदालतबाट जबरजस्ती करणीको मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !