१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

चीनसँग लड्न सैन्य तयारी थाल्ने ताईवानको घोषणा, अमेरिकाले सहयोग गर्ने !



काठमाडौं : चीनसँग लड्न ताईवानले सैन्य तयारी गर्ने भएको छ । चीनको ताइवानमाथि बढ्दो सैन्य धम्कीको सामाना गर्न सैन्य युद्धका लागि ताईवानले सैन्य तयारी गर्नु आवश्यक भएको ताईवानका परराष्ट्रमन्त्री जोसेफ वुले बताएका छन् । ताइवानको स्वघोषित एयर डिफेन्स आईडिएटिफिकेशन जोन (एडीआईजेड) मा चिनियाँ सैन्य विमानहरूले प्रवेश गरेको एक हप्ता पछि ताईवानी विदेश मन्त्रीको यस्तो अभिव्यक्ति आएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ । केही समयअघि चिनियाँ लडाकू विमानहरू र बमवर्षकहरूले ताईवानको मुख्य भूमि नजिक सैन्य अभ्यास गरेका थिए । सात दशक भन्दा बढी समय पहिले गृहयुद्धको अन्त्य भएदेखि नै ताइवान मा छुट्टै शासन चलाइएको छ ।

गृहयुद्धमा पराजितहरु ताइपे भागेर छुट्टै शासन चलाएका थिए । यद्यपि बेइजिले ताइवानलाई आफ्नो क्षेत्रको अविभाज्य भागको रूपमा हेर्दै आएको छ । २०१९ मा चिनियाँ राष्ट्रपति शी जिनपिंगले ताइवानलाई मुख्य भूमि चीनसँग शान्तिपूर्ण पुनर्मिलन गर्न आह्वान गरेका थिए तर ताईवानले अस्वीकार गरेको थियो । पछिल्लो सय अमेरिकाले पनि ताईवानमा आफ्नो सैन्य गतिविध बढाई रहेको छ । अमेरिकी सैन्य गतिविधिको विरोध गरिरहेको चीन र अमेरिकाको बीचमा तिक्तता बढेको बेला ताईवानी विदेशमन्त्रीले नै चीनसँग लड्ने धम्की दिईरहेको छन्े । अमेरिकाले ताईवानलाई स्वतन्त्र देशका रुपमा मान्ने गर्दछ । जबकी चीनले आफ्नो मुख्य भूमि मान्ने गर्दछ ।


प्रतिक्रिया दिनुहोस !